अर्को दिन ( प्रेम कथा भाग २ )

धेरै पछि आज फेरी उसले भेट्न बोलायो , सदा झैँ कपाल चट्ट मिलाएँ , मनपर्ने जिन्स र शर्ट लगाएँ , अनि साइड ब्यागमा छाता हालेर निस्किएँ । पानीले भिजे नि नबिग्रिने चप्पल लगाएँ । यो झरी पर्ने समयमा यस्तो चप्पल लगाउनै पर्योा नि ।  अलिक अगाडी जाँदै थिएँ, पानी पर्योे, छाता झिकेर ओड़े। तर पानी एकाएक दर्किन थाल्यो, छाताले नथाम्ने स्थिति आयो । यसो ओत लाग्ने ठाउँ खोजेको कतै भेटिन, पानी परेपछि बाटो चिप्लो हुने नै भयो , एकदम सम्हालिएर हिड्दै थिएँ । उता उसले मलाइ कुरेको पनि निकै बेर भैसकेको थियो । हतार हतार गर्दै हिड्न नि सकिएन,बाटो चिप्लो र हिलो थियो। हिलो चप्पलले उछिट्याउला कि भन्ने पनि पिर थियो, एकदम होस् गरेर हिड्नु पर्ने अवस्था थियो। ओह हो ! भन्दा भन्दै चिप्लिएँ नि , सम्हालें आफैलाई, लड्न चैँ लडिएन। अलिक पर पुगेपछि एउटा खोला आयो । खासमा खोला हैन, बाटो नै हो तर पानी परेपछि खोलाको रूप धारण गरेको थियो। पाइन्ट भिज्ने निश्चित थियो, बिस्तारै भल पार गरेँ । त्यो हिलो, र ढल मिसिएको भल पार गरेपछि सिक सिक लागिरहेको थियो । हाम्रो भेटभयो  ।

हिलाम्मे खुट्टो र छाताले पुरै भिज्न रोकेको शरीर मलाइ सिक सिक लागेर उकुस मुकुस भएँ । खुट्टा धुन पाए नि हुन्थ्यो भन्ने लागिरहेको थियो । उसले भन्यो "जाउँ क्याफे तिर", मैले हिलाम्मे खुट्टा देखाएँ । पानी लगभग रोकिईसकेको थियो । नजिकैको पसलबाट मिनिरल वाटर किनेर ल्यायो। मैले मिनिरल वाटरले खुट्टा धोएँ। जिन्दगीमा यति महँगो र अनौठो खुट्टा धुवाई सायदै होला ।

क्याफे बाटो पारी थियो , बाटो क्रस गर्ने पर्योभ, यहाँको बाटो फेरी बाटो हैन, लुडो खेले जत्तिकै हुन्छ , आफ्नो गोटी सही पर्योट भने खुरु खुरु अगाडी जान पाइन्छ, नत्र बाटो ब्लक । सवारी साधनलाई जान दिएर बल्ल बाटो खुलेपछि निस्कन पाइन्छ । जुलुससँगै बाटो क्रस गर्न लागियो । हिड्दै थिएँ, खाल्डो रैछ,  नराम्रोसँग लडें । बिच बाटोमा यसरी लडेपछी लाजले रातो हुँदै उठेर निस्किएँ । क्याफे पुगियो,  के खाने , पानी परिरहेको भएर थुक्पा मगाइयो, यसो मुखमा के हाल्न लागेको थिएँ फोन बज्यो , मामुको फोन, हतार गर्दै उठाएको त्यो तातो र पिरो थुक्पाले मुखै पोल्यो । फोन पनि काटियो । भखर त निस्किएको , यति छिटै त फोन नगर्नु पर्ने , केही पर्योए होला भनेर मामुलाई कलब्याक गरेँ । सम्पर्क हुन सकेन भन्यो ।

एक छिन उसँग बसेर गफ गरियो । धेरै पछि को भेट भएर होला, मलाइ बोल्न अफ्ट्यारो लागिरहेको थियो । फेरी यो हिलो झरी बाटोको खाल्डो सबैले दिक्क लगाएकोले होला केही बोल्न पनि मन थिएन । किन नबोलेकी ? बोल न। उसको प्रश्नमा मुसुक्क हासें । मामुको फोन फेरी आयो, "घरमा पाहुना आउनुभएको छ , च्या पकाउने दूध लिएर आइज है , बिहान ल्याको फाटेछ  छिटो आइज है " ।
थुक्पा बाँकी नै थियो , दुवै जना उठ्यौं  र त्यहाँबाट आ आफ्नो बाटो लाग्यौं ।  ऊ रिसायो भन्ने मलाइ थाहा थियो , राति फकाउनु पर्ला भन्ने सोच्दै घर गएँ । आखिर रिसाउँदा नि आफ्नै , खुसी हुँदा नि आफ्नै ..............  (क्रमश )
यो कथाको भाग एक पढ्न यहाँ क्लिक गर्नुहोस 

Comments