एक दिन (प्रेम कथा भाग १ )


Lost Anzel 
कूमसम्मको कपाल चट्ट साइड लाएर कोरियो, अनूहारमा थोरै कृम दलेर आॅखामा गाजल लगाइयो। गाढा लिपिस्टक हैन, हल्का गुलावी ओठ बनाएर ऑखामा चस्मा लगाइयो। गुलाबी ओठलाई छोप्ने गरि मास्क लगाइयो । सारी हैन, सदाझैॅ टिसर्ट र जिन्स लगाइयो । स्पोरटस् सूजमा साइड ब्याग बोकेर , मोबाइलमा इयरफोन जोडेर गीत सुन्दै बाटो काटियो।

गीतको ध्यानमा बाटोमा जेब्रा क्रसिड़ देखीनछु: ट्राफिकले फ्याट्ट समात्यो। ब्यागमा वालेट छुटेछ 200 रूप्पे कहाँबाट ल्याउनु । ट्राफिक ह्यान्डसम लाग्यो, जरिवाना पनि तिरिने, भनेर फोन नः दिनूहोस ब्यालेन्स ट्रान्सफर गर्दिन्छू नि, इ-सेवाबाट भनेको मान्दै मानेन ।

उता उसले फोन गरेर हैरान । अब त्यस्तो ह्यान्डसम ट्राफिकको अगाडी कसरी फोन उठाउनु: फोन साइलेन्टमा राखेॅ । कहाॅ तिमी ? यत्रो बेरसम्म नआएर? मेसेज गरेछ।

यता ट्राफिकको भासण सुरु भो। आफुलाइ डेटिड़ जान हतार छ, प्रेम सम्बन्ध धरापमा परीसक्यो , न फोन नम्बर दिन्छ न त भासण सकेर जा भन्छ । के गर्ने होला? बल्ल तल्ल भासण सकियो ।

करिब दुइ घन्टा पछि त्यहाबाट हिडेको , पछाडीबाट आएको कारले नजिकै आएर रोकेर भन्यो, के हो बैनी बाटो छोड्नु पर्दैन ? था हुनु पर्यो नि, खै हर्न बजाको ? भनेको : त्यही त भन्दै ट्राफिकले काटेको चिटको रसिद देखायो।

ढीला भैसकेकोथ्यो: प्रेम सम्बन्ध जोगाउने आइड्या भनेर त्यही कारवाला दाइलाई: मलाइ परसम्म छोड्निनु न भनेॅ। उस्ले मान्यो।फोन गरेॅ उताबाट रिसिभ गर्दैन।आज चै प्रेमको विश्वयुद्द नै चल्ने भो जस्ता लाग्यो ।

कारमा सरर यसो अगाडी जाँदै थिएँ ,झ्यालबाट उसलाई देखें , ए रोक्नु रोक्नु दाई , भनेर कारबाट ओर्लिएँर हिड्न लागेको , कारवाला दाइले बोलायो, ए बहिनि कता ? भाडा दिनु पर्दैन ? लौ बित्यास पर्यो : प्राइभेट गाडी भन्या त ट्याक्सी पो परेछ ,अब कसो गर्ने होला, दाइ एकैछिन ल भनेर कुदें ।

उसको छेउमा गएँ ,उसले ट्राफिकलाई दिन ठिक्क पारेको २०० रूप्पे खोसेर लगेर ट्याक्सीलाई दिएँ । उसको छेउमा आएँ, रिसाएको नजरले हेर्दै थियो ।ट्राफिकलाई पैसा तिरेछ ।

लौ जाउँ न त अब गार्डेन अफ ड्रिम्स भनेको, "गयौ ? अब स्वप्न बगैंचा : सकियो पैसा" भनेर रित्तो पर्स देखायो पैसा बोकेर आउन पर्दैन ? म झर्किएँ , त्यहि त ट्राफिक वालालाई बजेट छुट्याको थिन नि त , सबै सकियो उसले भन्यो । लौ त्यसो भए हिडुं न त भनियो ।

घाम, धुलो मा कता पो हिड्ने , भोक पनि लागेको थियो, मोबाइलको घन्टी बज्यो , घरबाट मामुको फोन रहेछ , "महारानीको आउने बेला भएन ? छिटो आइस्योस ।"

हवस् भनेर, उ संगै हिड्दै घरसम्म आएर गेटमा बिदाको हात हल्लाइयो घरभित्र गएर मामुको हातको मिठो खाजा खाइयो,फोन निकालेर फेसबुकमा च्याट सुरु गरें ।

आखिर फेसबुकनै रहेछ सम्बन्ध जोगाउने, भनेको त, मोबाइलको चार्ज सकिएछ , धन्न लोडसेडिंग हट्या छ

भनेर मोबाइललाई चार्जमा मात्र के राखेको थिएँ , फ्याट्ट बत्ति गयो । के भएको रहेछ भनेर यसो बिचार गरेको त घर अगाडिको ट्रान्सफरमर पड्केको रे ।

बिरक्त लाग्यो मनमनै गीत गुन्गुनाएं " देखि सहेनन यहाँ हामी  दुई बीचको माया " .......


क्रमश ...

यो कथाको भाग २ पढ्न यहाँ क्लिक गर्नुहोस 

Comments