सपनाका बाकसहरू

हरेक साझ 
सपनै सपनाको 
टाउकाहरू लिएर 
निस्कन्छन्, 
राजधानी जाने
एक हुल बाकसहरू 
बसपार्क बाट  ।।।।

डाक्टर नेता 
पाइलट इन्जिनियर 
गायक नायक 
अनी ब्यापार 
सबैखाले सपना 
बोकेर लाग्छन् 
एक हुल बाकसहरू 
बसपार्क बाट ।।।।

धेरै आशा बोकेर 
बाच्नको लागि 
अभिलासाहरू च्यापेर 
खूसी बाढ्नलाइ
आफ्नो खूसीहरू
यतैछोडी हिडेका 
सपनाका टाउकाहरू 
लिएर हिडेका 
एक हुल बाकसहरू 
बसपार्कबाट ।।।।

उत्साही हातहरु 
बिरक्तिएका जीवनहरू 
परिवर्तनकारी बिगुलहरू 
थाकिसकेका ऑखाहरू 
सबैलाइ बोकेर 
निस्कन्छन् 
एक हुल बाकसहरू 
बसपार्कबाट ।।।।

रातभरीको आधिबेरी 
मुटूमा चलेको 
हुन्डरीको बेग 
शान्त भएसी 
अन्धकारलाइ चिर्दै 
निस्किएको सुनौली 
बिहानी को किरणझै 
ठूलो आशा बोकेर  
ओकलिदिन्छ राजधानीमा
सपनाका टाउका 
लिएर हिडेका 
एक हुल बाकसहरू 
बसपार्क बाट ।।।।

धुवै धुवाले 
भरिएका सडकमा 
सपनाका टाउकाहरू 
रुमल्लि रहन्छन् 
आफैमा हराउछन् 
थोत्रिन्छन् सपना 
च्यातिन्छन् अभिलाषा 
तर अह 
कहिले पनि छोड्दैनन्
लिएर हिड्न 
सपनाका टाउकालाई 
एक हुल बाकसहरू 
बसपार्क बाट ।।।।।।।











Comments

  1. वा.....सुन्दर कविता:))

    ReplyDelete
  2. कविता कविताको उचाइमा छ । मन पर्यो धेरै ।

    ReplyDelete

Post a Comment