जीवन

रात को १२ बजेको छ  । . आँखा मा निन्द्रा छैन ।  सदा झैँ आज पनि निदाउने प्रयास मा छु  । वरीपरि को बाताबरण पुरै सुनसान छ  । दिनभरी बितेका घटनाक्रम लाइ नियाल्दै छु  । निकै खुसि लागेको छ आज । .यस्तो लागिरहेछ जीवन मा निकै ठुलो उपलब्धि प्राप्त गरेकी छु मैले । अनि अचानक सम्झिन्छु त्यो बालक लाइ जसको ओठ मा मिठो मुस्कान थियो । उसको त्यो निर्दोष आखाले हेरिरहेको छुट्टै संसार थियो , मैले देख्ने संसार भन्दा बिल्कुल फरक संसार।  उसको त्यो निर्दोस आखामा माया भरिएको थियो , एउटा आशा भरिएको थियो ,जीवन प्राप्ति को आशा ।

आखिर बस्ने त एउटै समाज न हो तर पनि निकै भिन्न छ उसको र मेरो संसार । मैले चाहे जस्तो लाउन, खान घुम्न सबैथोक पाएकी छु , तर पनि म मा मुस्कान हराएको छ।  आफैमा चिन्तीत् छु म जीवन देखि विरक्तिएकी छु म, यस्तो लाग्छ यो संसार झुटो हो  , सबै स्वार्थ हो । यहाँ बिना स्वार्थ को कोहि पनि मानिस छैनन् । अनि उसलाई हेर्छु ऊ संग त मेरो तुलना मा भौतिक रुप मा केहि पनि छैन तैपनि उसले कति पनि गुनासो गरेको छैन । उसको ओठ मा मिठो मुस्कान छ अनि उसका आँखा हरु भबिस्य प्रति आशाबादी छन् . ।

उसलाई त अरु बालबालिका बिद्यालय गएर पढेर ठुलो मान्छे बन्ने मोह पनि छैन । त्यसैले ऊ खुसि छ । तर म सानै देखि एउटा सपना साच्चै भनौ भने लोभ पालेर बसेको छु तेसैले मा विरक्तिएकी छु । उमेर बढ्दै गए संगै मेरो लोभ बढ्दै गयो तेसैले दिनरात काम मा जोतिनु परेको छ .. साँस फेर्ने फुर्सद छैन .. काम भएन भने काम नै भएन भन्ने अर्को चिन्ता हुन्छ । हरबखत यहि चिन्ता ले पिरोलेको छ आखिर जीवन मा गर्ने चै के ? यहि सोच्दा सोच्दै हास्न बिर्सिसकी छु मैले ।

उसलाइ सुरु मा देख्दा लाग्यो ऊ संग सब थोक छ तेसैले त उ एकदम खुसि छ नि भन्ने लाग्यो तर उस्को मिठो मुस्कान र निर्दोष आँखाले आफ्नो दुख लुकाइरहेको रहेछ उसले कति  सजिलै । त्यो मिठो मुस्कान भित्र त्यति दर्दनाक कथा लुकेको हुन्छ भनेर कसरि पत्याउने ? ऊ संग नभएको कुरा आज मसंग मागिरहेछ .. "जीवन" हो ऊ मसंग जीवन मागिरहेछ  । किनभने मसंग त जीवन छ तर त्यो सानो बालक संग त जीवन नै रहेनछ, कसले पत्याउने? त्यो सानो बालक त एउटा गम्भीर रोग को सिकार भएको रहेछ । उसको सरिर ले मेरो जस्तो रगत उत्पादन गर्दैन रहेछ अनि प्रतेक महिना म जस्तै जीवन बाट विरक्तिएका हरु संग रगत मागेर आफ्नो सरिर मा रगत को आपूर्ति गर्दो रहेछ। अनि तिनै विरक्तिएका जीवन हरुलाई संगालेर मिठो जीवन बाच्दो रहेछा उल्लासमय आसाबादी जीवन  .।

उसको यो ब्यथा सुनिसके पछी निन्द्रा बाट ब्युझ्ये झैँ भयो मलाइ। आखिर मानिसको जीवन के का लागि ? किन हामि दिनदिनै दुखि हुदै गैरहेका छौ । किन हामि आफुले आफैलाई चिन्न सकिरहेका हुदैनौ ? दिमाग मा प्रेसर बढेको अनुभब भयो ।  त्यो सानो बालक लाइ सम्झ्ये जो मृत्यु संग खेल्दै आफ्नो ओठ मा मुस्कान ल्याइरहेको छ .।  अनि मेरो मुस्कान को कारण पनि उ नै हो , । आज त्यो निश्चल , निर्दोष बालक लाइ रक्तदान गरेर अझ केहि दिन मृत्यु संग लड्ने सक्ति , जीवन दिन पाएको मा एकदमै खुसि लागिरहेको छ। अनि उसले बोलेका टि मिठा सब्द हरु "thank you दिदि " झल्झली कान मा गुन्जिरहेका छन्  । अनि म मनमनै उसको स्वास्थलाभ को कामना गर्दै जीवन जिउने तरिका सिकाएको मा धन्यबाद भन्दै छु . ।

रात को २ बजिसकेको छ अब चै निन्द्रा लाग्छ जस्तो छ . । त्यो सानो भाइ लाइ सम्झिएर उसको मुस्कान लम्ब्याउने सबैलाई धन्यबाद भन्दै बत्ति निभाउछु । । । 

Comments

  1. its just ur feeling or real story

    ReplyDelete
  2. ''The Period between Birth and Death is Life''

    ReplyDelete
  3. its a feeling based on real incident :)

    ReplyDelete

Post a Comment

Popular Posts